अलपत्र पानीजहाजका यात्रुको सकुशल उद्धार « Khabarhub

अलपत्र पानीजहाजका यात्रुको सकुशल उद्धार


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नर्वे– नर्वेको तटपारी नर्वेजियन सागरमा प्राविधिक गडबडीका कारण अलपत्र परेको एक आलिशान पानीजहाजका सबै यात्रुको सकुशल उद्धार गरिएको छ ।

नर्वेको आपतकालीन उद्धार निकायले हेलिकोप्टर र अन्य डुङ्गाको प्रयोग गरी भाइकिङ स्काई क्रुज नामक आलीशान पानीजहाजमा रहेका सबै १ हजार ३ सय ७३ जनाको उद्धार गरिएको जनाएको हो ।

नर्वेकी प्रधानमन्त्री इरना सोलबर्गले ट्वीट गर्दै पानीजहाजबाट सबै यात्रीको सकुशल उद्धार गरिएको पुष्टि गरेकी हुन् । उत्तरी शहर ट्रम्जोबाट राजधानी ओस्लोतर्फ आउन लागेको पानीजहाज मोल्ड शहरबाट ८० किलोमिटर टाढा नर्वेजियन सागरमा अलपत्र परेको थियो ।

यात्रीहरुले खिचेको भिडियोमा पानीजहाज समुद्रमाथि ढलपल गरिरहेको र डुब्नै लागेको देखिएको थियो । हाल भाइकिङ स्काई क्रुजलाई उद्धार गर्ने पानीजहाजहरुले ७ नटको गतिमा तटतर्फ लैजाँदै गरिएको बताइएको छ ।

पानीजहाज सञ्चालन गर्ने कम्पनीले पानीजहाजको इन्जिनमा विद्युत आपूर्ती बन्द भएकाले गडबडी भएको जनाएको छ । पानीजहाजमा समस्या आएपछि चालक दलका क्याप्टेनले उद्धारका लागि मेडे सूचना पठाएका थिए ।

पानीजहाजमा अधिकांश ज्येष्ठ नागरिक छन् । उद्धार गरिएकामध्ये घाइते भएका १७ जनालाई अस्पताल भर्ना गरिएको छ । पानीजहाजमा फसेका यात्रीहरु निकै तनावग्रस्त अवस्थामा रहेको नर्वेको रेडक्रसले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ८ : २२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने