एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ « Khabarhub

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ ।

आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जसमा १ हजार १ सय पुरुष र २७८ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाइएका २ सय ४९  सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनकाे आज १६ औं दिन पुगेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ८ : ३६ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका