कोरोनाविरुद्धको सरकारी अभियानमा खेलाडीहरु पनि परिचालन हुने | Khabarhub Khabarhub

कोरोनाविरुद्धको सरकारी अभियानमा खेलाडीहरु पनि परिचालन हुने


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमणविरुद्व शुरु गरेको अभिययानमा खेलाडीहरु पनि परिचालन हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्‌का अनुसार स्थानीय निकाय र सुरक्षा निकायको समन्वयमा खेलाडीहरु पनि कोरोना संक्रमणविरुद्धको अभियानमा परिचालित हुने भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णयानुसार युवा तथा खेलकुद मन्त्रालयले कोरोना संक्रमणविरुद्वको अभियानमा राहत वितरण लगायतका काममा युवा, खेलाडी तथा स्काउटका सदस्यहरुलाई स्वंयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको हो ।

खेलाडी परिचालनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाएको छ । राखेपले स्थानीय निकाय र सुरक्षा नियकायसँगको छलफल र समन्वयमा आवश्यक पर्दा सहयोग गर्ने सदस्य सचिव रमेश कुमार सिलवालले बताए ।

कोरोना भाइरसविरुद्धको अभियानमा लाग्दा सावधानीपूर्व लाग्नु पर्ने भएकाले स्थानीय निकाय वा प्रदेश सरकारसँगको समन्वयमा जानेछन् ।

सरकारले राहत वितरण र स्वयमसेवीका रुपमा खेलाडी परिचालन गर्न सकिने बताएको छ । आवश्यकता अनुसार राहत वितरण र स्वयमसेवामा खेलाडी खटिने सदस्य सचिव सिलवालले बताएका छन् ।

‘अहिलेको समय अलि फरक छ । सबै खेलाडी एक हुलमा गएर काम गर्ने होइन् । जसका लागि जहाँ पाएक पर्छ त्यहिँ काम गर्ने हो,’ सदस्य सचिव सिलवालले भने, ‘स्थानीय निकायसँगको समन्वयमा कसैले राहत वितरणमा, कसैले अस्पतालमा स्वयम् सेवीको भूमिकामा जानु पर्ने हुन सक्छ । स्थानीय तहलाई आवश्यक पर्दा तपाईंहरु सहभागी हुनु भनेर खेलाडीहरुलाई भनिएको छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १२ : ५७ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।