कोरोना संक्रमित किशोरीलाई मुख्यमन्त्रीको फोन– तपाईंको स्वास्थ्यमा सुधार भइरहेको छ « Khabarhub

कोरोना संक्रमित किशोरीलाई मुख्यमन्त्रीको फोन– तपाईंको स्वास्थ्यमा सुधार भइरहेको छ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरी सान्त्वना दिएका छन् ।

मुख्यमन्त्री गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित किशोरीलाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गरेका छन् ।

‘मन दह्रो बनाउनुहोस् । उपचारपछि धेरै मान्छेहरु ठीक भएका छन् । मैले डाक्टरहरुसँग कुरा गर्दा तपाईंको स्वास्थ्यमा पनि प्रगति भइरहेको जानकारी प्राप्त गरे । अझैं पनि म तपाईंलाई फोन गरिरहन्छु,’ मुख्यमन्त्री गुरुङले कोरोना संक्रमित युवतीलाई फोन गर्दै दिएको आश्वासन उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आइपुगेकी थिइन् । कतार एयरवेजेका जहाजमा आएका उनीसहित अन्य २ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो ।

उनको अहिले बाग्लुङ सदरमुकामस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री गुरुङले अझै ३–४ पटक कोरोनाको परीक्षण गर्नुपर्ने र पूर्ण रुपमा नेगेटिभ भएको सुनिश्चित भएपछि मात्रै घर जान उनलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १ : १६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२