लकडाउनका बेला आवतजावत नरोकिएपछि झोलुङ्गे पुलमा काँडेतार « Khabarhub

लकडाउनका बेला आवतजावत नरोकिएपछि झोलुङ्गे पुलमा काँडेतार


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे पुलमा आवतजावत रोक्न युवाले काँडेतार लगाएका छन् । कोभिड–१९ मुलुकमा फैलिन नदिने उद्देश्यले सरकारले लगाएको लकडाउन प्रभावकारी नभई मानिसको आवतजावत नरोकिएपछि सो वडाका युवाले सीमा जोड्ने पुलमै काँडेतारको बार लगाएको स्थानीयवासी लोकेन्द्र शाहीले बताए ।

लकडाउन प्रभावकारी बनाउन सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएको छ । यहाँका सबै ग्रामीण भेगमा यसको कुनै असर परेको छैन ।

जुम्लामा भारतबाट आएका धेरै मानिस गाउँमा निस्फिक्री घुमिरहेका छन् । भारतबाट आएका नौ जनाको स्वास्थ्य जाँच गर्दा कोरोना नेगेटिभ देखिएको छ । अहिलेसम्म जिल्लामा कुनै व्यक्तिलाई कोरोना संक्रमण देखिसकेको छैन ।

भारत तथा तेस्रो मुलुकबाट यहाँ आएका ३२४ जनाको मंगलबार कोभिड –१९ को नमूना संकलन गरेर नेपाली सेनाको स्काई ट्रयाकबाट काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  २ : १३ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री