प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा ११ करोड ७५ लाख जम्मा | Khabarhub Khabarhub

प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा ११ करोड ७५ लाख जम्मा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश ५ सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ।

प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर अन्य विभिन्न संघसंस्था र व्यक्तिलाई कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो।

प्रदेश कोष लेखा नियन्त्रक कार्यालय बुटवलले दिएको विवरणअनुसार बिहीबारसम्म ११ करोड ७५ लाख ८४ हजार ९ सय १७ रुपैयाँ कोषमा जम्मा भएको छ।

निजी क्षेत्रका वित्तीय संस्था, उद्योगी व्यवसायी, विभिन्न सहकारी, व्यक्ति एवं सरकारी कर्मचारीलेसमेत कोषमा रकम जम्मा गरेका छन्। निजी क्षेत्रबाट भाटभटेनी र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २५/२५ लाख रुपैयाँ कोषमा जम्मा गरेका छन्।

प्रदेशसभा सचिवालयले २३ लाख ३० हजार रुपैयाँ जम्मा गरेको छ। यसमा प्रदेशसभाका सांसदले १५ दिन र कर्मचारीले योगदान गरेका छन्।

यसैगरी, तिनाउ मिशन डेभलपमेन्ट बैंक बुटवल, सिद्धार्थ बैंक, कुमारी बैंक र लक्ष्मी बैंकले १०-१० लाख, सिटिजन्स बैंकले ७ लाख, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक र माछापुच्छ्रे बैंकले ५-५ लाख, गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले चार-चार लाख रुपैयाँका दरले कोषमा सहयोग जम्मा गरेका छन्।

कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्दा खर्च गर्ने गरी स्थापना गरिएको कोषमा रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले ३० लाख बढी सङ्कलन गरेर प्रदेश सरकारले स्थापना गरेको आइसोलेसन अस्पताललाई आवश्यक उपकरण खरिद गरी हस्तान्तरण गर्ने तयारी गरेको छ।

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ लाख ९६ हजार, क्रिमसन कलेजले २ लाख ५५ हजार, नेपाल उद्योग वाणिज्य महासंघले २ लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले २ लाख २२ हजार, सामूहिक बचत तथा ऋण सहकारी संस्थाले २ लाख, नेपाल-भारत मैत्री समाजले २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, कैलाश विकास बैंकले १ लाख १ हजार, रोटरी क्लब अफ तिनाउ बुटवलले ६० हजार, लीलामणि पौडेल ५० हजार र कृष्णबहादुर केसीले ४० हजार ५ सय रुपैयाँ जम्मा गरेका छन्।

प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । बिहीबार नै बुटवलका समाजसेवी शेरबहादुर गुरुङले एक लाख रुपैयाँ जम्मा गरेका छन्। विभिन्न सहकारीले पनि कोषमा रकम जम्मा गरिरहेका छन्।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ३० बजे

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण