सुदूरपश्चिम प्रदेशका लागि २ सय थान पीपीई हस्तान्तरण « Khabarhub

सुदूरपश्चिम प्रदेशका लागि २ सय थान पीपीई हस्तान्तरण


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदुरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पीपीई सेट हस्तान्तरण गरेका छन् ।

नेपाल सरकारको सुदुरपश्चिम समन्वयको जिम्मेवारी पाएकी खानेपानी मन्त्री बिना मगरलाई आज मन्त्री मानन्धरले २ सय थान पीपीई सेट हस्तान्तरण गरेका हुन् ।

नेपाल-भारत मानव विकास एवं मैत्री संघको सहयोगमा उक्त पीपीई सेट हस्तान्तरण गरिएको हो । पीपीई सेट हस्तान्तरण गर्दै राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आह्वान गरे ।

मन्त्री मानन्धरले विपद्का बेलामा सबैभन्दा नजिकको छिमेकीले एकजुट भएर लाग्नुपर्ने पनि बताए ।

पीपीई ग्रहण गर्दै कोरोनाविरुद्ध सुदुरपश्चिम समन्वयको जिम्मा पाएकी मन्त्री मगरले कोरोनाको उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन् ।

मन्त्री मगरले सुदूरपश्चिम कोरोना संकटको ईपीसेन्टर बन्नसक्ने भएकाले सरकारले सचेततापूर्वक काम गरिरहेको बताइन् ।

मन्त्री मानन्धरको पहलमा आइतबार स्वास्थ्य मन्त्रालयलाई तीन सय थान पीपीइ हुतान्तरण गरिएको थियो ।

संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा उपयुक्त रहेको दाबी गर्दै आवश्यक सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उक्त पीपीई सेटमा गाउन, भाइजर, पञ्जा, एप्रोन, मास्क लगायतका समान रहेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ७ : ४० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु