कोरोना कहर: भाइरल बन्यो ४९ सेकेण्डको यो भिडियो « Khabarhub

कोरोना कहर: भाइरल बन्यो ४९ सेकेण्डको यो भिडियो


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै अस्तव्यस्त छ । कोरोनाको जोखिम रोक्नका लागि अधिकांश मुलुकले ‘लकडाउन’ लागू गरेका छन् ।

लकडाउन लागू भएसँगै घरभित्र बसेकाहरुलाई समय कटाउन नै हम्मेहम्मे परेको छ । घरभित्रै बसेकाहरु कोही ‘इनडोर गेम’मा व्यस्त बनेको पाइएको छ भने कोही टिकटकमा भुलेका छन् ।

मिल्नेसम्म खुल्ला भएमा कोही बाहिर आगनमा आएर समेत फुटबल, बास्केटबल, ब्याटमिन्टन खेलेर समय बिताउने गरेका छन् । यो बेला यस्तै खेलहरु खेलेर शारीरिक तन्दुरुस्ती राख्नु जरुरी पनि छ ।

हाल सामाजिक सञ्जालमा एक जनाले बास्केटबल खेलेको भिडियो निकै भाइरल बनेको छ । यो भिडियो जम्मा ४९ सेकेण्डको छ ।

यो भिडियो रेक्स च्याम्पियनले आफ्नो ट्वीटर अकाउण्टमा शेयर गरेका हुन् । उनले क्याप्सनमा भिडियो शेयर गर्दै लेखेका छन्, ‘२०२०, ४९ सेकेण्डमा ।’ यसको अर्थ कोरोनाको असरले पारेको प्रभाव भन्ने सहजै बुझिन्छ ।

भिडियोमा रेक्सले बाँस्केटबल खेल्दै  बास्केटबलको पोलमाथि बल अड्किन्छ ।  त्यसपछि उनी चप्पलले बललाई झार्न खोज्छन्, फेरि चप्पल पनि त्यहाँ अड्किन्छ । त्यसपछि बल र चप्पल झार्न उनी अर्काे चप्पलको प्रयोग गर्दछन् ।

फेरि चप्पल झर्छ बास्केटबल झर्दैन । दुई तीन पटकको प्रयास पछि बास्केटबल भुइमा झर्छ तर एउटा चप्पल त्यहाँ अड्किन्छ । अड्किएको चप्पल झार्न अर्को चप्पलले हान्दा अन्ततः दुबै चप्पल अड्किन्छन् । भिडियो सकिन्छ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ४४ बजे

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह