१०१ वर्षका किथ वाट्सन कोरोनाको उपचारपछि घर फर्किए « Khabarhub

१०१ वर्षका किथ वाट्सन कोरोनाको उपचारपछि घर फर्किए


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुप लिएर अहिले विश्वभर संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका व्यक्तिमा हुन्छ ।

चीन तथा अमेरिकामा भएका अध्ययन तथा विश्वभरबाट प्राप्त भएका तथ्यांकका विश्लेषणमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी पर्ने तथा मृत्यु हुने जोखिम पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको छ ।

तर बेलायतको वोरसेस्टरशायरका १०१ वर्षका व्यक्तिले कोरोना भाइरसलाई जितेका छन् । १०१ वर्षका किथ वाट्सनलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । तर उनले कोरोना भाइरसलाई जितेका छन् ।

अस्पतालबाट निको भएर घर फर्किएका किथसहितको तस्बिर अहिले सामाजिक सञ्जालमा धेरै शेयर भएको छ । किथ बुधबार अस्पतालबाट बिदा भएका हुन् ।

https://www.facebook.com/WorcsAcuteNHS/photos/a.211889188836615/4285197424839084/?type=3

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ४२ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर