कोरोना संक्रमित युवतीको मुख्यमन्त्रीसँग गुनासो ‘डाक्टर भेट्नै आएनन्’ « Khabarhub

कोरोना संक्रमित युवतीको मुख्यमन्त्रीसँग गुनासो ‘डाक्टर भेट्नै आएनन्’


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय कोरोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु उपचारमै नआएको गुनासो गरेकी छन् ।

बागलुङकी ती युवतीले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानीमा डाक्टरहरु फोनमा मात्रै संवादमा रहेको तर उपचारमा नआएको गुनासो गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङले युवतीलाई आश्वस्त पार्दै आत्मवल दह्रो बनाएर अस्पतालमै बस्न सुझाएका छन् ।

मुख्यमन्त्री गुरुङले झोलिलो कुरा खान तथा पटक/पटक तातोपानी पिउन सुझाव दिदै डाक्टरले उपचारमा किन नगएको भनि बुझ्ने र प्रभावकारी उपचारको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट बाग्लुङ पुगेपछि परीक्षणको क्रममा ती युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएपछि दुबै जनाको अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ९ : २८ बजे

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि