रातो मच्छिन्द्रनाथको रथजात्रा पनि स्थगित « Khabarhub

रातो मच्छिन्द्रनाथको रथजात्रा पनि स्थगित


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्रा स्थगित भएको छ । आजदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।

बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर आजदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको हो ।

स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको गुठी संस्थान र ज्यापु समाजले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।

हामोकी अर्थात् रथको जग हाल्ने अघिल्लो दिन बिहीबारसम्म रथयात्रा गराउने वा नगराउने विषयमा अन्योल नै थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ

। बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : ०६ बजे

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई