मोदीलाई प्रधानमन्त्री ओलीको फोन– लकडाउनका कारण रोकिएका नागरिकको राम्रोसँग हेरचाह गरौं « Khabarhub

मोदीलाई प्रधानमन्त्री ओलीको फोन– लकडाउनका कारण रोकिएका नागरिकको राम्रोसँग हेरचाह गरौं


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार टेलिफोन संवाद गरी भारतीय समकक्षी मोदीलाई कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुवै नेताबीच आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज एवं सुचारु राख्न पनि पनि छलफल भएकाे छ ।

प्रधानमन्त्री ओलीले भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगका लागि मोदीलाई धन्यवाद समेत दिए ।

भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन कुराकानी भएको उल्लेख गरेका छन् । आफूहरुबीच कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितितबारे छलफल भएको मोदीले उल्लेख गरेका छन् ।

आफ्नो ट्वीटर ह्यान्डलबाट एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले शुक्रबार प्रधानमन्त्री ओलीसँग कुराकानी गरी कोरोना भाइरसका कारण उत्पन्न विद्यमान परिस्थितिको बारेमा छलफल गरेको बताएका हुन् ।

मोदीले आफ्नो ट्वीटमा लेखेका छन्– ‘आज प्रधानमन्त्री केपी ओलीसँग बोले । हामीले कोभिड १९ का कारण उत्पन्न वर्तमान परिस्थितिको विषयमा छलफल गर्‍यौं । अहिलको चुनौतीसँग जुझ्न नेपाली जनताले देखाएको कटिवद्धताको म कदर गर्छु । कोभिड १९ विरुद्धको साझा लडाइँमा हामी नेपालसँगै छौं ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ५२ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी