कोरोना संक्रमितका लागि ९ सय आइसीयु र ५ सय भेन्टिलेटर तयार | Khabarhub Khabarhub

कोरोना संक्रमितका लागि ९ सय आइसीयु र ५ सय भेन्टिलेटर तयार


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना निको भइसके, ८ जनाको उपचार भइरहेको छ र सबैको अवस्था सामान्य छ ।

कैलालीमा एक ३४ वर्षीया स्थानीय महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ ।

जस्वास्थ्य विज्ञहरूले संक्रमण फैलन नदिन दोस्रो चरणमै नियन्त्रणमा राख्नुपर्ने बताएका छन् । चैतमा विदेशबाट फर्किएकाहरू क्वारेन्टाइनमा राखिएका छन् ।

कोरोना संक्रमण फैलन नदिन देशभर ३६ हजार ४७१ वटा क्वारेन्टाइन बेड व्यवस्थापन गरिएको सरकारको भनाइ छ । हाल देशभर ८ हजार ५८० जना क्वारेन्टाइनमा छन् । संक्रमितको उपचारका लागि ३ हजार २०१ वटा आइसोलेसन बेड व्यवस्था गरिएको छ ।

हाल आइसोलेसनमा ८ जना कोरोना संक्रमित छन् । कोरोना आशंका गरिएका १२० देखि ५० जना दैनिक आइसोलेसनमा रहने गरेको स्वास्थ्य मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा बताउने गरेको छ ।

आइसोलेसनमा रहेकाहरूमा संक्रमण पुष्टि भएर केहीलाई उपचारका लागि सघन उपचार कक्ष (आइसीयु) मा राख्नुपर्‍यो, भेन्टिलेटर चाहियो भने कस्तो तयारी छ त ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार केन्द्र र प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरूमा आइसीयु र भेन्टिलेटर व्यवस्थापनको काम भइरहेको छ ।

उनले भने, ‘केन्द्र र प्रदेशहरूमा कोरोना संक्रमितलाई नै लक्षित गरेर आवश्यक पर्दा प्रयोग गर्न सकिने गरी आइसीयु र भेन्टिलेटर व्यवस्थापनको काम भइरहेको छ ।’

सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोना संक्रमतिका लागि देशभर ९०४ वटा आइसीयु बेड र ५०२ वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा २९८ वटा आइसीयु बेड छन्, तीमध्ये २३३ वटा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका छन् ।

डा. अधिकारीका अनुसार कोरोना संक्रमितका लागि काठमाडौं उपत्यकामा २५७ वटा भेन्टिलेटर तयार छन् । यस्तै, प्रदेशमा रहेका अस्पतालहरूमा ६७१ वटा आइसीयु बेड र २४५ वटा भेन्टिलेटर छन् ।

उनका अनुसार काठमाडौं उपत्यका र प्रदेशहरूमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका हब र स्याटेलाइट अस्पतालहरूमा कोरोनाकै आइसीयु र भेन्टिलेटर व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गरिएका आइसीयु र भेन्टिलेटरमा परिचालन हुने जनशक्ति पनि तयार रहेको डा. अधिकारीले बताए ।

‘जनशक्ति सरकारी सिस्टममा भएकाबाट पूरा हुन्छ । सेना, प्रहरी आर्मी र निजी क्षेत्रबाट पनि जनशक्ति परिचालन गर्ने भनिएको छ,’ सहप्रवक्ता डा. अधिकारले भने, ‘यो पनि बिरामीको संख्यामा भर पर्छ । संक्रमणको अवस्था भोलिका दिनमा कस्तो हुन्छ भन्न सकिँदैन ।’

यसकारण चाहिन्छ आइसीयु र भेन्टिलेटर

कोरोना भाइरसको संक्रमित बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र श्वासप्रश्वासमा सामस्या हुनु प्रमुख लक्षण हुन् । जटिल अवस्थामा पुगेका बिरामीको श्वासप्रश्वासमा समस्या आउने भएकाले आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

कोरोना भाइरसले फोक्सोमा संक्रमण फैलाउने भएकाले बिरामीले राम्रोसँग श्वासप्रश्वास गर्न सक्दैन । त्यस्तो अवस्थामा कृत्रिम श्वासप्रश्वास गराउन भेन्टिलेटर आवश्यक पर्छ । यस्ता बिरामीलाई नियमित हेरचाह र विशेष निगरानीका लागि आइसीयु आवश्यक पर्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ३२ बजे

अर्थतन्त्र तीन खर्ब ५६ अर्बले बढ्ने प्रक्षेपणको आधार के ?

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

सुहाङ नेम्बाङ : एमालेको विरासत जोगाए, नेताका रूपमा उदाए

काठमाडौं– नेकपा (एमाले) ले इलाम-२ को उपनिर्वाचनमा सुवासचन्द्र नेम्बाङका छोरा

तित्याङ–भकुण्डे सडक : ट्र्याक खुलेको २० वर्षपछि कालोपत्र

गलकोट– अहिले बागलुङ नगरपालिकाभित्रको सबैभन्दा अप्ठ्यारो सडकका रुपमा तित्याङ र

भीरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले