कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु « Khabarhub

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आएका छन् ।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिएका थिए । ट्रम्पले भने, ‘क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ ।’

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : १९ बजे

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको