रोहितको ‘सूर्यवंशी’ मा अक्षय कुमारसँग देखिएलिन् क्याटरीना ? « Khabarhub

रोहितको ‘सूर्यवंशी’ मा अक्षय कुमारसँग देखिएलिन् क्याटरीना ?


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – निर्देशक रोहित सेट्टीले प्रहरीको कथालाई लिएर बनाएका फिल्म त सफल नै छन् । अजय देवगनको ‘सिंहम्’ होस् या रणवीर सिंहको ‘सिम्बा’ होस्, यी फिल्मले बलिउडमा धमाका मच्चाए ।

अब रोहित सेट्टीले फेरि एकपटक सुपरहिट फिल्म बनाउने तयारी गरेका छन् । यो फिल्ममा उनले अक्षय कुमारलाई लिनेछन् । फिल्मको नाम ‘सूर्यवंशी’ राखिएको छ । फिल्ममा अक्षय कुमारलाई पुलिस अफिसरका रुपमा देख्नेछन् ।

अहिले बलिउडमा चर्चा छ कि, फिल्ममा हिरोइन को होलिन् ? समाचारका अनुसार बलिउडमा क्याटरीना कैफ फिल्ममा अक्षयकुमारको जोडी बन्ने सम्भावना छ । भारतीय मिडियाका अनुसार यो फिल्ममा क्याटरिना कैफलाई खेलाउने तयारी भइरहेको छ ।

यसभन्दा पहिले पनि क्याटरिना र अक्षयकुमारको जोडी देखिइसकेको छ । यी दुईले ‘तीस मार खान’, ‘सिङ इज किङ’, ‘दे दनादन’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् ।

यद्यपि फिल्ममा को नायिका लिने भन्नेबारेमा निर्माण टिमले औपचारिक जानकारी दिइसकेको छैन ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : ०३ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न