निर्माण व्यवसायी महसंघद्वारा सातै प्रदेश सरकारलाई सहयोग « Khabarhub

निर्माण व्यवसायी महसंघद्वारा सातै प्रदेश सरकारलाई सहयोग


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल निर्माण व्यवसायी महासंघले सातै प्रदेश सरकारलाई कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले ९१ लाख सहयोग गरेको छ ।

सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट  कट्टा गरि जम्मा भएको निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरुलाई उक्त रकम सहयोग गर्ने गरेको शुक्रबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ती जारी गर्दै जानकारी गराए ।

सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश निर्माण व्यवसायी महासंघको अनुरोध र समन्वयमा भएको जानकारी गराएको छ ।

यस अघि पनि महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

यसरी दुई पटक गरि महासंघले  कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको जानकारी गराएको छ ।

महासंघ अन्तर्गतका प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघ र एशोसिएट निर्माण व्यवसायी  फर्म कम्पनी सदस्यहरूलाई देशभर आआफ्नो ठाउँबाट स्वास्थ्य सुरक्षा अपनाई कोरोना भाईरसबाट पिडितलाई राहत र यसको  रोकथामको लागि सक्दो सहयोग गर्न  समेत महासंघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १ : ०४ बजे

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।

टोखामा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (तस्बिरहरू)

काठमाडौं– टोखा नगरपालिकाले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक,

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता