कोरोनाभाइरसले भारतमा २४९ जनाको मृत्यु, संक्रमित ७ हजार ६ सय बढी | Khabarhub Khabarhub

कोरोनाभाइरसले भारतमा २४९ जनाको मृत्यु, संक्रमित ७ हजार ६ सय बढी


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४९ पुगेको हो । भारतमा एकैदिन ८७६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ हजार ६०० पुगेको छ ।

भारतमा संक्रमितमध्ये ७७४ जना उपचारपछि निको भएका छन् । ६ हजार ५७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

एसियाली मुलुकमा कोरोनाका कारण सबैभन्दा बढी इरानमा ४ हजार २३२ जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा ३ हजार ३३६ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार ६ जनाले ज्यान गुमाएका छन् ।

इन्डोनेसियामा ३०६ जनाले ज्यान गुमाउँदा भारतमा २४९ जनाको मृत्यु भएको छ । भारत एसियाली मुलुकमा सबैभन्दा बढी ज्यान गुमाउनेको सूचीको पाँचौ नम्बरमा रहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । सार्क मुलुकमध्ये  सबैभन्दा बढी भारतमा संक्रमण फैलिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : १८ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय