इटालीमा लकडाउन मे ३ सम्मलाई बढाइयो | Khabarhub Khabarhub

इटालीमा लकडाउन मे ३ सम्मलाई बढाइयो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालीका प्रधानमन्त्री जुजेप्पे कान्टले इटालीमा लकडाउनको समय ३ मे सम्मका लागि घोषणा गरेका छन् । यसअघि मार्च ९ मा लकडाउन घोषित गर्दै अप्रिल १३ सम्म पुर्‍याइएको थियो ।

लकडाउनका कारण इटालीमा पछिल्लो दिनमा संक्रमितको संख्यामा केही कमी आएको मानिएको छ । त्यसैलौ मध्यनजर गर्दै प्रधानमन्त्रीले आगामी मे महिनाको ३ तारिखसम्म लकडाउन घोषणा गरेको बताएका छन् ।

पछिल्लो २४ घन्टामा इटालीमा जम्मा ५ सय ७० को मृत्यु भएको छ, जुन अघिल्लो साताको भन्दा मृत्युदर कम हो ।

हालसम्म इटालीमा विश्वमै सबैभन्दा मानिसहरुले मृत्यु भएको छ, तर पनि अमेरिकामा पछिल्ला दिनमा हुँदै गरेको मृत्युदरले इटालीलाई उछिन्ने भने पक्का भएको छ । हालसम्म इटालीमा १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको जनाइएको छ । १ लाख ४७ हजार ५७७ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४० बजे

पोखरामा नगर बसको प्रदूषण जाँच

पोखरा– पोखरा महानगरभित्र चल्ने केही सार्वजनिक सवारीको शुक्रबार बिहान प्रदूषण जाँच

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको