इजरायलमा रोबोटबाट कोरोना सङ्क्रमितको उपचार गरिने « Khabarhub

इजरायलमा रोबोटबाट कोरोना सङ्क्रमितको उपचार गरिने


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्न इजरायलमा नयाँ प्रयोग भएको छ ।

बिरामीबाट स्वास्थ्यकर्मीमा संक्रमण नफैलाउन स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले जनाएको छ ।

रोबोट सम्लग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’ एप्लिकेसन प्रयोग गरेर स्वास्थ्यकर्मीले टाढाबाट विरामीलाई परीक्षण गर्ने प्रविधिको विकास इजरायलले गरेको हो। यो रोबोट उत्तरी शहर हाइफामा रहेको रमबामको अस्पतालको आवश्यकता अनुसार विकसित गरिएको हो र चाँडै नै त्यहाँ सञ्चालन हुने आशा गरिएको छ ।

अन्वेषकहरुका अनुसार अपेक्षाकृत छोटो समयमा उनीहरु रमबाम र अरु इजरायली अस्पतालहरुमा त्यस्तै रोबोटहरू निर्माण गर्न सक्षम हुनेछन् । अर्को चरणमा रोबोटमा एक सञ्चार प्रणाली सम्मिलित गरिनेछ जसमा प्राविधिक सामग्रीहरू स्क्रिन, क्यामेरा, माइक्रोफोन र स्पिकर समावेश हुनेछ र यो बिरामीदेखि बिरामीसम्म सर्न सक्षम हुनेछ र वास्तविक समयमा मेडिकल स्टाफमा सूचना प्रसारित गर्न सक्नेछ ।

“हामी त्यस्ता सुविधाहरू थप्नेछौं जसले वास्तविक उपचारमा मद्दत गर्दछ । जस्तै सेन्सरहरूले बिरामीको नाडी दर र रगत अक्सिजन स्तर जाँच गर्छन्,” अन्वेषक टोलीका एक सदस्यले बताए ।

रोबोट इजरायलको हाईफाको एक उच्च माध्यमिक विद्यालय र त्यहाँबाट उत्तीर्ण विद्यार्थीहरूको ‘पहिलो’ रोबोटिक्स कार्यक्रम अन्तर्गत विकसित गरिएको थियो ।

एक अन्तर्राष्ट्रिय शैक्षिक संस्थाले छात्रछात्रा र युवाहरूको बीचमा उद्यमशीलता र सिकाई सीपको प्रोत्साहनका लागि उक्त कार्यक्रम विज्ञान र प्रविधि क्षेत्रमा प्रेरणा र पहिचान दिन गरिने रोबोटिक्स प्रतियोगिताबाट निर्माण गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४७ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा