४० शंकास्पद कोरोना संक्रमित विहार पठाएको भारतीय दावीपछि गृहको चासो « Khabarhub

४० शंकास्पद कोरोना संक्रमित विहार पठाएको भारतीय दावीपछि गृहको चासो


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जालिम मुखिया नामका एक व्यक्तिको ४० जना कोरोना भाइरसका शंकास्पद संक्रमित पठाएको दावी सहित भारतीय मिडियाले समाचार प्रसारण गरेपछि गृह मन्त्रालयले चासो देखाएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसबारेका अपवाह फैलिएलगत्तै जिल्ला प्रशासन कार्यालय पर्सालाई उक्त विषयमा सत्यतथ्य बुझ्न निर्देशन दिइएको जानकारी दिए ।

नेपालका जालिम मुखिया नामका एक व्यक्तिले वीरगञ्जबाट रक्सौल हुँदै ४० जना शंकास्पद कोरोना भाइरसका संक्रमितलाई नियतबस विहार पठाएको भारतीय मिडियाहरुले शनिबारदेखि सार्वजनिक गरेको समाचारहरुमा उल्लेख छ ।

‘यदी त्यस्तो हो भने भारतीय पक्षबाट पनि लिखित पत्र आउनुपर्ने हो, अहिलेसम्म त्यस्तो केही जानकारी आएको छैन तैपनि हामीले पर्सा प्रशासनलाई यसबारे बुझ्न भनिसकेका छौं,’ गृह सहप्रवक्ता अधिकारीले भने ।

भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ उक्त समाचार प्रसारण गरेपछि सीमावर्ती क्षेत्रमा सुरक्षा तैनाथी समेत बढाइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ७ : ४९ बजे

‘बालेनलाई नेता स्वीकारिसक्यौँ, चुनावपछि प्रधानमन्त्री बनाउन एकमत छौँ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको