पीपीईबारे बेलायती प्रधानमन्त्रीलाई सम्झाउने डाक्टरकै कोरोनाले लियो ज्यान | Khabarhub Khabarhub

पीपीईबारे बेलायती प्रधानमन्त्रीलाई सम्झाउने डाक्टरकै कोरोनाले लियो ज्यान


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको उपचारमा संलग्न हुनेलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)को आवश्यकताबारे बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई बोध गराउने चिकित्सकै कोरोना भाइरसले ज्यान लिएको छ ।

पूर्वीलण्डनको होमर्टन हस्पिटलमा कन्सल्टेन्ट युरोलोजिस्टको रुपमा कार्यरत ५२ बर्षीय डा. चौधरीको कोरोना भाइरसको संक्रमणपछि उपचारकै क्रममा बुधबार मृत्यु भएको हो ।

चौधरीले गत महिना एक फेसबुक पोस्टमार्फत प्रधानमन्त्री जोनसनलाई पीपीइको आवश्यकताबारे बोध गराएका थिए ।

उनले  नेशनल हेल्थ सर्भिस (एन्एचएस)का सबै स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराउन आग्रह समेत गरेका थिए । तर तिनै डाक्टर चौधरीको भने कोरोना भाइरसले ज्यान लिएको छ ।

मार्चको अन्त्यतिर बेलायतका ३ हजार ९६३ डाक्टरहरुले द सन्डे टाइम्मा खुला पत्र लेख्दै ‘आफूहरुले प्रत्येक दिन आफ्नो जीवन जोखिममा राखेर’ काम गरिरहेको बताएका थिए ।

उनीहरुले २०१५ मै एक्सपायर भइसकेका मास्क प्रयोग गरेर काम गर्नुपरेको भन्दै आइसीयू र एनेस्थेसियामा काम गर्ने डाक्टरहरु अझै ठूलो जोखिममा रहेको बताएपछि डा. चौधरीले प्रधानमन्त्री बोरिसलाई चिकित्सकको सुरक्षामा ध्यान दिन आग्रह गर्दै आएका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ०४ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति