एसइई परीक्षार्थीलाई अनलाइन कक्षा | Khabarhub Khabarhub

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – लकडाउनले विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ ।

एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

विषयविज्ञ शिक्षकले हरेक दिन अपराह्न १ बजेदेखि साँझ ६ बजेसम्म अनलाइन कक्षामार्फत विद्यार्थीलाई पढाउने व्यवस्था मिलाइएको छ ।

शान्ति नमूना माविबाट शिक्षकले अंग्रेजी, गणित, नेपाली, सामाजिक, विज्ञान र कम्प्युटर विषय अनलाइनमार्फत पढाउने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी दिए ।

विद्यार्थीले आआफ्ना घरबाटैं मोबाइल एप जुम गरेर वा नगरपालिकाको फेसबुक पेज वा युट्युबबाट शिक्षकले पढाएको विषयवस्तुका बारेमा ज्ञान लिन सक्नेछन् ।

अनलाइन कक्षामा बढीमा ४० जनासम्मले प्रश्नोत्तरसमेत गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नगर प्रमुख वासुदेव घिमिरेले कोरोना महामारीका समयमा सूचनाप्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पुर्‍याउन अनलाइन कक्षा सञ्चालन गरिएको बताए ।

अनलाइन कक्षाबाट बढीभन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै नगर प्रमुख घिमिरेले लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न पनि केही हदसम्म कक्षा फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

अनलाइन कक्षा सञ्चालनका लागि एपमार्फत विद्यार्थीलाई जोडेर पढाइने गरिएको छ । एपको मिटिङ आइडी ५३५४०५९६०८ र पासवर्ड १२३४५ र छ ।

तिलोत्तमाका ५१ सामुदायिक तथा संस्थागत विद्यालयका झण्डै दुई हजार सात सय विद्यार्थी एसइईको तयारीमा छन् ।

कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै सरकारले एसइई शुरु हुने दिनको अघिल्लो साँझ अर्को सूचना जारी नहुँदासम्मको लागि परीक्षा स्थगन गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ९ : ३४ बजे

जोगिएका समानबाट यातायात कार्यालयले सेवा सञ्चालन गर्दै

बाग्मती–  ‘जेन-जी’ प्रदर्शनका आगजनीबाट ध्वस्त भएको यातायात व्यवस्था कार्यालय हेटौँडा

संविधानको पूर्ण पालना गरी सुशासन कायम गर्नुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग,

संविधानलाई कमजोर बनाउन दिने छैनौँ : ईश्वर पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको