कास्कीमा कोरोना भाइरसको ‘र्‍यापिड परीक्षण’ शुरू | Khabarhub Khabarhub

कास्कीमा कोरोना भाइरसको ‘र्‍यापिड परीक्षण’ शुरू


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीमा कोरोना भाइरसको सङ्क्रमणको अवस्था छिटो पत्ता लगाउन र्‍यापिड डाइगोनिष्टक टेष्ट (आरडीटी) शुरू भएको छ ।

शुक्रबार रुपा गाउँपालिबाट परीक्षण शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

रुपाका दुई वडाका आठ जनाको परीक्षण गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख बाबुराम आचार्यले बताए ।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार जिल्लामा लकडाउनअघि आएका सबै जनाको परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।

आरडीटी किटमार्फत कोरोना परीक्षण गर्दा १५ मिनेटमै नतिजा आउने बताइन्छ ।

‘जिल्लामा आरडिटी परीक्षण शुरु भएको छ । सम्बन्धित स्वास्थ्यकर्मीलाई कार्यालयबाट परीक्षणको तालिम दिएर पठाएका छौँ । तीन-चार दिनभित्रमा विदेशबाट आएका र परीक्षणको मापदण्डमा पर्नेको जाँच गरिसक्छौँ”, आचार्यले भने ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित फेला परेका नौमध्ये आठ जना विदेशबाट आएका रहेकाले चैत महिनायता विदेशबाट फर्किएकाको कोभिड–१९ को सङ्क्रमण अवस्था जान्नका लागि सबैको परीक्षण गर्न लागिएको हो ।

पोखरा महानगरपालिकाभित्र परीक्षण मापदण्डमा परेका ३८८ रहेकामा सीमित मात्रामा किट आएकाले परीक्षण शुरु गर्न अन्योल भएको स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए ।

महानगरलाई २४० थान मात्र किट प्राप्त भएकाले सबैको परीक्षण गर्न कठिनाइ हुने भएकाले व्यक्तिगत रेकर्ड हेरेर भेरिफाइ गरी मात्र परीक्षण शुरु गर्ने तयारी गरिएको बताइएको छ ।

सङ्घीय सरकारले प्रदेश सरकारलाई कोरोना र्‍यापिड टेष्टका लागि पाँच हजार थान किट बिहीबार उपलब्ध गराएसँगै प्रदेशका नौ जिल्लामा परीक्षण शुरु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

मनाङ र मुस्ताङमा समेत आजदेखि परीक्षण हुने बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  १० : ४६ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको