२४ घण्टामा ८ सय ९७ जनामा कोरोनाभाइरस परीक्षण, नतिजा ‘नेगेटिभ’ « Khabarhub

२४ घण्टामा ८ सय ९७ जनामा कोरोनाभाइरस परीक्षण, नतिजा ‘नेगेटिभ’


२९ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका थप संक्रमित नभएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलन माफर्त नयाँ संक्रमण नभएको जानकारी दिएका हुन् ।
गत २४ घण्टामा ८ सय ९७ जनाको कोरोना परीक्षण गर्दा नयाँ संक्रमण नभेटिएको शनिवारको पत्रकार सम्मेलनमा डा देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार गत २४ घण्टा भित्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६ सय ९ र काठमाडौं बाहिर २ सय ८८ जनाको नमूना परीक्षण भएको छ ।

हालसम्म ४ हजार ४ सय २६ जनाको नमूना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमित मध्ये एक जना निको भइसकेका छन् भने ८ जना विभिन्न अस्पतालहरुमा उपचारत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार देशभरको क्वारेन्टाइनमा ८ हजार ८२ जना व्यक्ति रहेका छन् । यस्तै देशभरका विभिन्न अस्पतालमा ८२ जना बिरामी आइसोलेसनमा उपचारत छन् ।

काठमाडौं उपत्यकामा १५ र उपत्यका बाहिर ६७ जना कोरोना आशंका गरिएका बिरामी आइसोलेसनमा रहेका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक वीर अस्पतालमा पनि कोरोना परीक्षण शुरु भएको छ । यस्तै टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि भोलिदेखि कोरोना परीक्षण सुरु हुनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७६, शनिबार  ५ : ०२ बजे

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही

जुस पसललाई ५० हजार जरिवाना

गण्डकी– जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं– दक्षिणी छिमेकी भारतबाट प्रधानमन्त्री वालेन्द्र शाहलाई दिल्ली भ्रमणको निम्तो