विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै बागमती प्रदेश सरकार | Khabarhub Khabarhub

विशेषज्ञ चिकित्सकसहित १६६ स्वास्थ्यकर्मी नियुक्त गर्दै बागमती प्रदेश सरकार


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहित चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १६६ नियुक्त जना गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न ३६ पदमा स्वास्थ्यकर्मी नियुक्त गर्न लागेको हो । प्रदेश मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा व्यवस्थापन गर्ने गरी करारमा कर्मचारी भर्ना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रलयले नवौँ तहमा काम गर्ने गरी ३ जना प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, ३ जना हाडजोर्नी विशेषज्ञ, ५ जना कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट, कन्सल्टेन्ट जनरल फिजिसियन ४, कन्सल्टेन्ट डर्माटोलोजिष्ट १, कन्सल्टेन्ट पिडीयाट्रिसियन १, कन्सल्टेन्ट प्याथोलोजिष्ट २, कन्सल्टेन्ट माइक्रोबायोलोजिष्ट १, कन्सल्टेन्ट रेडियोलोजिष्ट १, कन्सलटेन्ट सर्जन ५, कन्सल्टेन्ट साइक्याट्रिक ५, जनस्वास्थ्य प्रशासक र शिक्षा स्वास्थ्य प्रशासक २–२ र नर्सिङ प्रशासक १ जनाको विज्ञापन प्रकाशन गरेको छ ।

त्यस्तै आठौँ तहका लागि मेडिकल अधिकृत १७, दन्त चिकित्सक २, आयुर्वेद चिकित्सक ३ जनाका लागि दरखास्त आह्वान गरिएको छ । मन्त्रालयद्वारा प्रकाशित विज्ञापनमा सातौँ तहमा नर्सिङ अधिकृत, फिजियो थेरापिष्ट र फार्मेसी अधिकृत २–२, मेडिकल ल्याब टेक्नोलोजिष्ट ६, कनिष्ठ नर्सिङ अधिकृत ३, जनस्वास्थ्य अधिकृत १०, वायोमेडिकल इञ्जिनीयर १ जना माग गरिएको छ ।

त्यस्तै पाँचौँ तहका लागि डेन्टल हाइजेनिष्ट, एनेस्थिेटिक सहायक, फार्मेसी सहायक, बायोमेडिकल टेक्निसियन, मेडिकल रेकर्डर सुपरभाइजर, सहायक डाइटीसियन, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियनको माग गरिएको छ भने चौथो तहका लागि अनमी, अहेब र ल्याब सहायकको माग गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ११ : २६ बजे

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका करार कर्मचारीलाई निकालिएपछि संगठनको आपत्ति, तत्काल काममा फर्काउन माग

काठमाडौं- अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (नयाँ बानेश्वर) र गोदावरीस्थित सनराइज सम्मेलन

व्यासको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारण

तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा

समाजलाई अगाडी बढाउन महिलाको विशेष भूमिका रहेको छ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी

कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी