कोरोना संक्रमणको आशंका गरिएका २ जना डडेल्धुरा अस्पतालको आइसोलसेनबाट फरार | Khabarhub Khabarhub

कोरोना संक्रमणको आशंका गरिएका २ जना डडेल्धुरा अस्पतालको आइसोलसेनबाट फरार


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमगरढी– कोरोना भाइरस संक्रमणको आशंकामा डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना भागेका छन् ।

अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया महिला र १९ वर्षीय किशोर गरी २ जना शनिबार अपराह्न भागेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. जगदिशचन्द्र विष्टका अनुसार अस्पतालबाट भाग्नेमा उनीहरु चैत २६ गते कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलसन वार्डमा भर्ना भएका थिए ।

दुवै जनालाई ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । अस्पतालले २६ गते नै दुवै जनाको स्वाव (नमूना) संकलन गरी परीक्षणका लागि पठाएको थियो । तर रिपोर्ट भने आइसकेको छैन ।

भागेश्वर गाउँपालिका–३ नानीगडा घर भएका उनीहरु आमा–छोरा भएका जनाइएको छ । छोरा केही दिन अगाडि मात्रै भारतबाट आएका थिए ।

अस्पतालबाट भागेका दुवै जनाको खोजीमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका नायव उपरीक्षक दधिराम न्यौपानेले दुवै जनाको खोजीका लागि टोली परिचालन गरिएको जानकारी दिए ।

यस्तै, गाउँपालिकाले पनि उनीहरुको खोजी गरिरहेको छ । गाउँपालिका अध्यक्ष कौशिला भट्टले उनीहरु घरमा आएको हुन सक्ने भनेर बिहानैदेखि घर तथा वरपरको गाउँमा खोजी गरिएको जानकारी दिइन् ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : ३१ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको