२१ लाख ५० हजार भारतीयमा क्षय रोगको संक्रमण « Khabarhub

२१ लाख ५० हजार भारतीयमा क्षय रोगको संक्रमण


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतमा सन् २०१८ मा २१ लाख ५० हजार नागरिक क्षय रोगबाट प्रभावित बनेका एक तथ्याङ्कले सार्वजनिक गरेको छ ।  भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र  २१ लाख ५० हजार नागरिकमा क्षय रोगको संक्रमण भएको हो ।

आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । तर पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

यसअघि भारतमा कतिजना क्षयरोगी छन् भन्ने बारेमा स्पष्ट तथ्याङ्क नभएपनि अघिल्लो वर्षको तुलनामा भारतमा सन् २०१८ मा क्षयरोगको उपचारमा सफलता दरमा बृद्धि भएको बताइएको छ ।  अघिल्लो वर्षमा भारतमा क्षयरोगको उपचारको सफलताको दर २५ प्रतिशत मात्र रहेकोमा त्यसमा निकै नै बृद्धि भई सन् २०१८ मा भने ८३ प्रतिशतले बृद्धि भएको बताइएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीमा सरकारी प्रयासहरु र त्यसमा निजी क्षेत्रका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका साथै यससम्बन्धी उपचारमा सरकारले अपनाएको नीति र विधिका कारण पनि यसको उपचारमा सफलता मिलेको बताइएको छ ।

यो कार्यक्रम र नीतिका कारण क्षयरोगको संक्रमणको दरमा पनि कमी आएको मन्त्रालयद्वारा प्रकाशित उक्त विज्ञप्तिमा बताइएको छ ।  उक्त विज्ञप्तिअनुसार पहिलेका वर्षहरुमा भारतमा क्षयरोग संक्रमण हुने अथवा सर्ने दर २९ प्रतिशत रहेकोमा सन् २०१८ मा आइपुग्दा भने त्यसमा भारी मात्रामा गिरावट आई चार प्रतिशतमा झरेको छ ।

भारत सरकारले सन् २०२५ सम्ममा भारतबाट क्षयरोगको उन्मूलन गर्ने लक्ष लिएको जनाएको छ । पहिलेका वर्षहरुको तुलनामा यस रोगको संक्रमण दरमा कमी आएका कारणले भारतबाट क्षयरोग उन्मूलनमा सफलता मिल्न सक्ने बताइएको छ ।

भारतमा क्षयरोगीहरुको संख्या निकै धेरै रहेको छ । विश्वमा रहेका क्षयरोगीहरुमध्ये एक चौथाई रोगी भारतमा मात्र रहेका छन् ।  विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने १० रोगहरुमध्ये प्रमुखमा पर्दछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्षयरोग विश्वमा सन् २०१७ मा मात्र करिब एक करोड नागरिकमा क्षयरोगको संक्रमण भएको देखिएको थियो ।  त्यसैगरी उक्त संगठनले दिएको जानकारीअनुसार सो वर्ष यस संक्रमणबाट विश्वका १६ लाख नागरिकको ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  २ : ०८ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा