कोरोनाले बिस्केट स्थगित भएपछि उठेन विश्वध्वजासहित तीनवटै लिङ्गो « Khabarhub

कोरोनाले बिस्केट स्थगित भएपछि उठेन विश्वध्वजासहित तीनवटै लिङ्गो


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज (आइतबार) बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ ।

बिस्केटजात्राको अवसरमा हरेक चैत मसान्तमा उठाएर वैशाख ५ गते लिङ्गो ढाल्ने परम्परा रहेपनि कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण लिङ्गो नउठाएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए ।

यता भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाउनुपर्नेमा आज (आइतबार) नउठाइने भएको छ । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन रहेपनि यसवर्ष लिङ्गो नउठाई सामान्य पूजा मात्रै गरिने भएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

त्यसैगरि मध्यपुर थिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि लिङ्गो नउठाइने भएको छ । आज (आइतबार) यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा रहेको छ । मध्यपुरथिमिमा मनाइने जात्रा पनि कोरोना भाइरसको प्रभाव रोक्नकै लागि नमनाइने भएपछि यहाँको लिङ्गो पनि नउठाइने भएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ३ : ३७ बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले