कोरोनाभाइरसको संकटबाट मुक्तिका लागि एकता अपरिहार्य : पूर्वराजा शाह « Khabarhub

कोरोनाभाइरसको संकटबाट मुक्तिका लागि एकता अपरिहार्य : पूर्वराजा शाह


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन्। उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न एकता अपरिहार्य रहेको बताएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्,  ‘विद्यमान संकटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वभाविक चुनौतीहरूको सामना गर्न हामी बीचको एकता अपरिहार्य छ।’

आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले कसैले कसैलाई निषेध गरेर गए महाभूल हुने पनि उल्लेख गरेका छन्।

‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयू समाप्त भएको धरातलीय यथार्थलाई आत्मस्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रबलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं,’ पूर्वाराजा शाहको शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ६ : ४१ बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह