विराज भट्टका लागि यो वर्ष: हात लाग्यो शून्य « Khabarhub

विराज भट्टका लागि यो वर्ष: हात लाग्यो शून्य


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसै वर्ष अभिनेता विराज भट्टको फिल्म ‘साङ्लो’ रिलिज भयो । यो फिल्ममार्फत विराजले निर्देशनमा पनि हात हालेका थिए । कुनै बेला एक्सन स्टारको क्रेज बनाएका विराज यो फिल्मबाट थप आशावादी थिए ।

फिल्म रिलिजपछि भने विराजले राम्रो प्रतिक्रिया पाएनन् । सिङ्गल थिएटरमा फिल्मले कमालको व्यापार गरे पनि मल्टिप्लेक्समा व्यापार गर्न सकेनन् ।

यो फिल्मबाट विराज भने निकै आशावादी थिए । उनले फिल्म उत्कृष्ट बनाएको र बलिउड तथा हलिउडले पनि आफ्नो फिल्मबाट सिक्ने भन्दै अन्तर्वार्ता दिएका थिए ।

एक खाले दर्शकलाई फिल्मले मनोरञ्जन दिलाए पनि फिल्मले ठूलो दर्शक समूहलाई छुन सकेन । अझ फिल्म मेकिङका हिसाबले त ‘साङ्लो’ बिर्सनलायक रह्यो ।

वर्षभरि नै विराज यही फिल्मका कारण चर्चामा रहे । तर, फिल्म नै राम्रो नबन्दा उनी पुनः हराए । अब त उक्त फिल्मलाई दर्शकले भुलिसकेका छन् ।

एउटा फिल्मले कलाकारलाई एक युगसम्म सम्झना दिलाउँछ । विराजको ‘साङ्लो’ भने रिलिजको एक हप्तामै चर्चाविहीन रह्यो ।

चर्चा र सम्भावनाका साथ विराज आफूले चाहेजस्तो फिल्म लिएर नेपाली दर्शकमाझ त आए । तर, यो फिल्म उनका लागि मात्र होइन, दर्शकका लागि पनि ‘हात लाग्यो शून्य’ जस्तै बनेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  ८ : ०४ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका