बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो « Khabarhub

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो


३० चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

आइतबारको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टाभित्र थप ७ सय ३७ जनाको कोरोना संक्रमणका कारण निधन भएपछि बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय १२ पुगेको हो ।

हाल बेलायतमा ८४ हजार २ सय ७९ जना यस रोगबाट संक्रमित छन् भने ५ हजार २ सय ८८ जना थप नया संक्रमित भएका छन् ।

विगत केहि दिन यता कोरोनाका कारण दैनिक मृत्युदर बढ्दै गर्दा बेलायतको अवस्था युरोपको भन्दा पनि भयाबह हुन सक्ने विज्ञहरुले बताएका छन् ।

हाल जारी गरिएका मृतकहरुको तथ्यांकमा अस्पतालको मात्र समावेस गरिएको र अन्य प्राइभेट रेसिडेन्ट र केयरहोमका मृतकहरुको समावेस नभएकोले मृतक संख्या निकै बढी हुनसक्ने बताइएको छ ।

विश्वभरिमा कोरोना संक्रमणका कारण १ लाख दश हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १८ लाख भन्दा बढी प्रभावित भैसकेका छन् । जसमध्य ४ लाख १२ हजार भन्दा बढिको उपचार भैसकेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण हाल अमेरिकामा सबैभन्दा बढी फैलिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १० : ०१ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र