बेलायती प्रधानमन्त्रीले भने-चिकित्सकप्रति ऋणी छु | Khabarhub Khabarhub

बेलायती प्रधानमन्त्रीले भने-चिकित्सकप्रति ऋणी छु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्च भएका छन् ।

सेन्ट थोमस हस्पिटलबाट उनी आइतबार डिस्चार्च भएका हुन्।

कोरोना भाइरसको संक्रमण देखिएको ११ दिनपछि उनी अस्पताल भर्ना भएका थिए। उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।

अस्पतालबाट डिस्चार्ज  भएपछि बेलायतका प्रधानमन्त्री जोनसनले चिकित्सकलाई धन्यवाद दिएका छन् । 

आफ्नो उपचारमा खटिएका चिकित्सकप्रति आफू ऋणी रहेको जोनसनले बताएका छन् ।

एक विज्ञप्ति निकाल्दै उनले भनेका छन्- म उनीहरुलाई पर्याप्त धन्यवाद दिन सक्दिन। म उनीहरुप्रति ऋणी छु।

५५ वर्षीय जोनसन अस्पताल भर्ना भएको भोलिपल्टै उनलाई आईसियूमा सार्नु परेको थियो ।

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ ० हजार ६१२ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ५८ बजे

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले