अमेरिकामा कोरोनाभाइरसले एकै दिन १५ सय बढीको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन १५ सय बढीको मृत्यु


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा सोमबार विहान समाचार तयार पार्दासम्म १ हजार ५ सय बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २२ हजार १ सया नाघेको छ ।

अमेरिकामा एकैदिन २७ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ लाख ६० हजार २ सय बढी पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३२ हजार २३७ जना उपचारपछि निको भएका छन् । ११ हजार ७६६ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ५ हजार ९०८ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १७१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५१ हजार ४८७ रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ५७ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा