कोरोनाको महामारी चलिरहँदा अर्घाखाँचीका अस्पतालमा ज्वरो नाप्ने थर्मल गनको अभाव « Khabarhub

कोरोनाको महामारी चलिरहँदा अर्घाखाँचीका अस्पतालमा ज्वरो नाप्ने थर्मल गनको अभाव


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।

जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या भएको छ ।

यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए ।

अर्घाखाँची अस्पतालमा रहेको थर्मल गन पनि बिग्रिएको छ । अहिले थर्मोमिटरले ज्वरो नाप्नुपरेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताएका छन् ।

थर्मल गन काठमाडौँबाट मगाइएको र एकदुई दिनमा ल्याइपुर्‍याइने गौतमको भनाइ छ ।

शीतगंगा १२ डोहटेमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरेर जिल्ला प्रवेश गर्नेहरुको तापक्रम नाप्ने काम हुँदै आएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ३२ बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली