यो वर्ष फिल्म मेकिङमा परिवर्तन आउला ? « Khabarhub

यो वर्ष फिल्म मेकिङमा परिवर्तन आउला ?


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यतिबेला कोरोना भाइरसका कारण नेपालका सबै हल बन्द छन् । सरकारले गरेको लकडाउनका कारण फिल्मका कुनै पनि गतिविधि भएका छैनन् । वर्षको अन्तिममा रिलिज हुने भनिएका कति फिल्म कोरोनाकै कारण रिलिज हुन पाएनन् ।

लामो समयसम्म कोरोना भाइरसले नेपाली फिल्म क्षेत्रमा प्रभाव पार्ने त पक्काजस्तै बनेको छ । लकडाउन लम्बियो भने तुलनात्मक रुपमा कम फिल्म निर्माण हुनेछन् किनकि फागुनदेखि नै फिल्मको छायांकन स्थगित गरिएको छ । कति फ्लोरमा जाने तयारीमा रहेका फिल्म पनि फ्लोरमा जान सकेका छैनन् ।

वर्ष २०७६ मा प्रदर्शना आएका धेरै फिल्मले मेकिङका हिसाबले गतिलो तारिफ पाएनन् । ‘जात्रै जात्रा’ र ‘आमा’ ले ठीकै तारिफ कमाए ।

गतवर्ष ब्लकबस्टर बनेका फिल्मले पनि मेकिङमा उही पुरानो शैली अपनाएका थिए ।

यतिबेला कोरोना भाइरसका कारण सारा विश्वभरको फिल्म उद्योग प्रभावित बनेको छ । बलिउडमा पनि कोरोनापछि बन्ने फिल्म फरक हुने आँकलन गरिएको छ । नेपालमा पनि कोरोनापछि फिल्मको कथामा नयाँपन आउने हो कि भन्ने आशा व्यक्त गर्न सकिन्छ ।

फिल्मको कथामा नै समय नदिने लेखकले पनि यतिबेला प्रशस्त समय पाएका छन् । लेखक तथा निर्देशकले घरमै इन्टरनेटको माध्यमबाट नयाँ कुरा सिक्ने अवसर पाएका छन् । त्यसो त यो समयलाई सिर्जनात्मक रुपमा प्रयोग गर्नेछन् या गर्ने छैनन्, त्यो भन्न सकिन्न ।

यद्यपि अब हुने प्रतिस्पर्धा र बढी रिस्कका कारणले फिल्ममा पनि नयाँपनको खोजी हुने आशा गरिएको छ । तर, यस वर्ष पनि सम्भावना देखाएका निर्देशक विनोद पौडेल, नरेशकुमार केसी, मिन बहादुर भाम लगायत आत्तिएर फिल्म बनाउने पक्षमा छैनन् ।

फिल्म क्षेत्रमा धेरै परिवर्तन नभए पनि कोरोना प्रभावका कारण केही परिपर्तन हुने सम्भावना भने छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ३ : १४ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल