प्रहरीको भ्यानमाथि बम प्रहारको प्रयास, विप्लव समूहका कार्यकर्ता पक्राउ « Khabarhub

प्रहरीको भ्यानमाथि बम प्रहारको प्रयास, विप्लव समूहका कार्यकर्ता पक्राउ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– प्रहरीको भ्यानलाई लक्षित गरी बम विस्फोट गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका–५ राता डाव भन्ने ठाउँमा एसइई परीक्षाको सुरक्षार्थ खटिएको प्रहरी भ्यानलाई लक्षित गरी बम प्रहार गर्ने क्रममा एकजना पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति नेत्रबिक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता रहेका बुझिएको छ । तिलागुफा नगरपालिका–६ का ३४ वर्षी धनराज शाही प्रहरी भ्यानमाथि बम प्रहार गर्ने क्रममा पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी विप्लव समूहका कार्यकर्ता भएको खुलेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : ३७ बजे

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल