नेपालमा भेटिए कोरोना भाइरसको १३ औं संक्रमित « Khabarhub

नेपालमा भेटिए कोरोना भाइरसको १३ औं संक्रमित


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको लम्कीमा एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार कैलालीको लम्की चुहा नगरपालिका घर भएकी महिलामा कोरोना संक्रमण देखिएको हो ।

लम्कीचुहा नगरपालिका कार्यालय स्रोतका अनुसार उनी चैतको दोस्रो साता मात्रै पर्साको वीरगन्जबाट परिवारका सदस्यसहित लम्कीस्थित आफ्नो घर फर्किएकी थिइन् । नगरपालिकाले उनलाई १४ दिन क्वारेन्टाइनमा पनि राखेको थियो ।

क्वारेन्टाइनमा रहेका बीरामीको थ्रोट स्वाब गरी परीक्षण गर्ने क्रममा ती महिलामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएसँगै उनलाई पनि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याएर आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा यसअघि नै ४ जना कोरोना संक्रमित छन् । ६५ वर्षीया महिलासँगै सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना स‌ंक्रमितको संख्या ५ पुगेको छ भने अर्का एक जनालाई पनि कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा भर्ना गरिएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या १३ पुगेको छ ।  अन्य संक्रमितहरुमध्ये २ जनाको काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा, २ जनाको संक्रमित बाग्लुङस्थित धौलागिरी अस्पताल र ३ जना संक्रमितको पर्साको वीरगन्जस्थित नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ४ : ११ बजे

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी