वीरगन्जका कोरोना संक्रमितको सम्पर्कमा रहेका ९४ जना क्वारेन्टाइनमा, कोरोना परीक्षणका लागि नमूना संकलन « Khabarhub

वीरगन्जका कोरोना संक्रमितको सम्पर्कमा रहेका ९४ जना क्वारेन्टाइनमा, कोरोना परीक्षणका लागि नमूना संकलन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगन्जमा भेटिएका ३ जना कोरोना संक्रमितको सम्पर्कमा आएका ९४ जनाको कोरोना परीक्षण शुरु गरिएको छ ।

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरेले नियमित पत्रकार सम्मेलेनमा ३ जना कोरोना संक्रममितको सम्पर्कमा आएका ९४ जनाको कोरोना परीक्षण शुरु गरिएको बताएका हुन् ।

उनीहरुको कोराना परीक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको सचिव घिमिरेले जानकारी दिए । घिमिरेले ३ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी ९४ जनालाई क्वारेन्टाइमा राखिएको पनि जानकारी दिए ।

वीरगन्जमा भेटिएका ३ जना कोरोना संक्रमितको नारायणी अस्पतालमा उपचार भइरहेको सचिव घिमिरेले बताए ।

सचिव घिमिरेका अनुसार तीनजना कोरोना संक्रमित राखिएको नारायणी अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा परिमार्जन गरिएको छ ।

नारायणी अस्पतालको अन्य रोगका बिरामीलाई नेसनल मेडिकल कलेजबाट सेवा दिने व्यवस्था गरेको सचिव घिमिरेको भनाइ छ । मेडिकल कलेजले नारायणी अस्पतालकै सेवा शुल्कमा बिरामीलाई सेवा दिने सचिव घिमिरेले बताए ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा भएका निजी अस्पतालसँग पनि छलफल गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ०७ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न