वीरगन्जका कोरोना संक्रमितको सम्पर्कमा रहेका ९४ जना क्वारेन्टाइनमा, कोरोना परीक्षणका लागि नमूना संकलन « Khabarhub

वीरगन्जका कोरोना संक्रमितको सम्पर्कमा रहेका ९४ जना क्वारेन्टाइनमा, कोरोना परीक्षणका लागि नमूना संकलन


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगन्जमा भेटिएका ३ जना कोरोना संक्रमितको सम्पर्कमा आएका ९४ जनाको कोरोना परीक्षण शुरु गरिएको छ ।

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरेले नियमित पत्रकार सम्मेलेनमा ३ जना कोरोना संक्रममितको सम्पर्कमा आएका ९४ जनाको कोरोना परीक्षण शुरु गरिएको बताएका हुन् ।

उनीहरुको कोराना परीक्षणका लागि थ्रोड स्वाब संकलन गरिएको सचिव घिमिरेले जानकारी दिए । घिमिरेले ३ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरी ९४ जनालाई क्वारेन्टाइमा राखिएको पनि जानकारी दिए ।

वीरगन्जमा भेटिएका ३ जना कोरोना संक्रमितको नारायणी अस्पतालमा उपचार भइरहेको सचिव घिमिरेले बताए ।

सचिव घिमिरेका अनुसार तीनजना कोरोना संक्रमित राखिएको नारायणी अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा परिमार्जन गरिएको छ ।

नारायणी अस्पतालको अन्य रोगका बिरामीलाई नेसनल मेडिकल कलेजबाट सेवा दिने व्यवस्था गरेको सचिव घिमिरेको भनाइ छ । मेडिकल कलेजले नारायणी अस्पतालकै सेवा शुल्कमा बिरामीलाई सेवा दिने सचिव घिमिरेले बताए ।

कोरोना संक्रमितको उपचारका लागि प्रदेश २ को सामाजिक विकास मन्त्रालयले प्रदेशमा भएका निजी अस्पतालसँग पनि छलफल गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ५ : ०७ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट