र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि « Khabarhub

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङमा आइतबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजिटिभ देखिएकी एक महिलामा कोरना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

प्रयोगशालामा परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुन: परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

र्‍यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो ।

बागलुङमा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि बाग्लुङमा र्‍यापिड टेस्ट थालिएको छ । आइतबार गरिएको ५७ जनाको टेस्टमा अन्यको नतिजा नेगेटिभ आएपनि ती महिलाको नतिजा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ०७ बजे

‘प्लेयर अफ द सिरिज’ जित्ने विश्वकै कान्छा खेलाडी बने वैभव : तोडियो सचिनको रेकर्ड

काठमाडौँ – भारतीय युवा ब्याटर वैभव सूर्यवंशी अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै

चिकित्सक संघको आन्दोलनले अस्पताल सेवा प्रभावित (तस्बिर)

काठमाडौँ– नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा

स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन

काठमाडौँ –‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ संशोधनका लागि

स्वास्थ्यकर्मीमाथिको कुटपिटप्रति मन्त्रालय गम्भीर, सुरक्षित वातावरण बनाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले पछिल्ला केही दिनयता चिकित्सक,

न्यूनस्तरको खाद्यपदार्थ बिक्री गर्ने चार उद्योगविरुद्ध मुद्दा दर्ता

चितवन– न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध