र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि | Khabarhub Khabarhub

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी बागलुङकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङमा आइतबार र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजिटिभ देखिएकी एक महिलामा कोरना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

प्रयोगशालामा परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो ।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुन: परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

र्‍यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो ।

बागलुङमा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि बाग्लुङमा र्‍यापिड टेस्ट थालिएको छ । आइतबार गरिएको ५७ जनाको टेस्टमा अन्यको नतिजा नेगेटिभ आएपनि ती महिलाको नतिजा पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ०७ बजे

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।