कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयार « Khabarhub

कुवेतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपाली टोली तयार


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कुवेत पुगेको नेपाली फुटबल टोलीले आज (सोमबार) कुवेतसँग आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा सकारात्मक नतिजाको खोजिमा रहनेछ ।
खेल नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा शूरु हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग खेलमा पनि बराबरी खेल्ने लक्ष्य रहेको बताएका छन् ।

कुवेतविरुद्धको दोस्रो खेलमा पनि नेपाली टोलीको शूरुआती—११ मा पहिलो खेलकै खेलाडी मैदान उत्रिने सम्भावना रहेको छ । नेपाल भन्दा बलियो टोली कुवेतलाई गोलकिपर किरण कूमार लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै बराबरीको नतिजा निकाल्न योगदान दिएका थिए ।

यस्तै, पहिलो मैत्रीपूर्ण खेलमा पाँच जना खेलाडीले डेब्यु गरेका थिए । बिमल राना, अजित भण्डारी, रवि पासवान, सन्तोष तामाङ र सुरज विश्वकर्माले डेब्यु गरेका हुन ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल , विराज महर्जन, सरोज दाहाल, देबेन्द्र तामाङ

मिडफिल्डर : रवि पासवान, टंक बस्नेत, सन्तोष तामाङ, बिक्रम लामा, बिशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ

फरवार्ड : रन्जन विष्ट, सुमन लामा, भरत खवास, विमल राना, नवयुग श्रेष्ठ, आशिष लामा

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ६ : ०९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह