बेलायतमा बस्ने गुरुङको कोरोनाको संक्रमणबाट मृत्यु « Khabarhub

बेलायतमा बस्ने गुरुङको कोरोनाको संक्रमणबाट मृत्यु


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ ।

रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो ।

नियमित रुपमा शारीरिक व्यायाम गर्ने गुरुङलाई अन्य रोग नरहेको बताइएको छ । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।

‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्ष थिए ।

अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ०९ बजे

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले