कोरोना भाइरस टास्क फोर्सको ब्रिफ्रिङमा रिसाए ट्रम्प | Khabarhub Khabarhub

कोरोना भाइरस टास्क फोर्सको ब्रिफ्रिङमा रिसाए ट्रम्प


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै राज्यमा लागु गरिएको लकडाउन फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको सोमबारको ब्रिफिङ्गको क्रममा राष्ट्रपतिका रुपमा आफूसँग लकडाउन फिर्ता लिने पूर्ण अधिकार रहेको दाबी गरेका हुन् ।

उनको यो भनाईले राज्यका गभर्नर तथा संवैधानिक कानूनका ज्ञाताहरु आश्चर्य र दुविधाको अवस्थामा पुगेका छन् ।

‘अमेरिकाको राष्ट्रपतिसँग यसको पूर्ण अधिकार हुन्छ,’ पत्रकारसँग रिसाउँदै प्रस्तुत भएका ट्रम्पले भने, ‘राष्ट्रपतिका हिसाबले आफूलाई सबै राज्यका सम्बन्धमा निर्णय लिने अधिकार छ, यो कुरा गभर्नरहरु पनि जान्दछन् ।’

अमेरिकाको पूर्व र पश्चिम तटीय क्षेत्रका नौ राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन हटाउने तयारी समेत भएको उनले जनाएका छन् ।

अमेरिकाको संविधान अनुसार सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने अधिकार राज्यमा निहित छ । लकडाउन हटाउने अधिकार ट्रम्पसँग नरहेको कानूनविद्हरुले बताएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ९ : १६ बजे

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई