मादुरोलाई जोगाउन रुसी सेना भेनेजुएलामा ! | Khabarhub Khabarhub

मादुरोलाई जोगाउन रुसी सेना भेनेजुएलामा !


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– राजनीतिक संकटसँग जुधिरहेको भेनेजुएलामा रुसले सैनिक पठाएको छ । भेनेजुएलाको राजधानी कराकासमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा रुसको इल्युशिन आईएल ६२ विमानमार्फत् १ सय जनाभन्दा धेरै रुसी सैनिक आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै रुसले अर्को एन्टोनोभ एन १२४ कार्गो विमानमार्फत् ३५ टनको सैनिक उपकरण भेनेजुएला पठाइएको छ ।

रुसी सैनिक जनरल भासिली टोङ्कोश्किुरोभको नेतृत्वमा सेना कराकासमा उत्रिएको बताइएको छ । रुसले भेनेजुएलासँग भएको सैनिक सम्झौता पूरा गर्नका लागि सैनिक तथा सैनिक उपकरण पठाइएको रुसको स्पुत्निक समाचार संस्थाले जनाएको छ ।

दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेको ३ महिनापछि रुसले भेनेजुएलामा सेना पठाएको हो । गत डिसेम्बर महिनामा रुसले आणविक बम बोक्नसक्ने दुई टुपोलेभ टीयू १६० रणनीतिक बमवर्षक विमान पठाएर भेनेजुएलाको सेनासँग संयुक्त सैन्य अभ्यास गरेको थियो ।

रुस र भेनेजुएलाबीचको सम्बन्ध सुमधुर बन्दै गएजस्तो देखिएका बेला रुसले त्यहाँ सेना पठाएका विषयलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय अमेरिकाले भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि निकोलस मादुरोको नेतृत्वमा रहेका भेनेजुएला सरकार रुसतर्फ नजिकिँदै गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा मादुरोको सरकारलाई च्युत गर्नका लागि सैनिक कारवाहीको विकल्प पनि खुला रहेको बताउँदै आएका छन् ।

लोकतान्त्रिक व्यवस्थालाई स्थापना गर्न भन्दै त्यहाँ सत्ता परिवर्तनलाई जोड दिइरहेका अमेरिकासहित पश्चिमा मुलुकले भेनेजुएलामाथि नाकाबन्दी लगाइरहेका बेला रुसले भेनेजुएलालाई आर्थिक तथा सैनिक सहयोग गर्दै आएको छ ।

रुसले भेनेजुएलामा सेना र सैनिक उपकरण पठाउनुलाई रुसले दक्षिण अमेरिकामा अमेरिकाको रणनीतिक सीमालाई जाँचिरहेको रुपमा अथ्र्याइएको छ । रुसले भेनेजुएलामा सेना पठाएपछि अमेरिकाले यसबारे चाँडै ठूलोस्तरको रणनीतिक प्रतिक्रिया दिनसक्ने बताइन्छ ।

यसअघि सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध सशस्त्र विपक्षीले सत्ता नै परिवर्तन गर्न लागेपछि रुसले आफ्ना सैनिक सिरियामा तैनाथ गरेको थियाे । रुसले विपक्षीविरुद्ध सैन्य कारबाही थालेपछि असदको सत्ता टिकेको थियो । अहिले  पनि भेनेजुएला प्रकरणमा  रुसी सेना पठाइएसँगै विभिन्न अड्कलबाजी शुरु भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : १९ बजे

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि