मादुरोलाई जोगाउन रुसी सेना भेनेजुएलामा ! « Khabarhub

मादुरोलाई जोगाउन रुसी सेना भेनेजुएलामा !


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएला– राजनीतिक संकटसँग जुधिरहेको भेनेजुएलामा रुसले सैनिक पठाएको छ । भेनेजुएलाको राजधानी कराकासमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा रुसको इल्युशिन आईएल ६२ विमानमार्फत् १ सय जनाभन्दा धेरै रुसी सैनिक आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै रुसले अर्को एन्टोनोभ एन १२४ कार्गो विमानमार्फत् ३५ टनको सैनिक उपकरण भेनेजुएला पठाइएको छ ।

रुसी सैनिक जनरल भासिली टोङ्कोश्किुरोभको नेतृत्वमा सेना कराकासमा उत्रिएको बताइएको छ । रुसले भेनेजुएलासँग भएको सैनिक सम्झौता पूरा गर्नका लागि सैनिक तथा सैनिक उपकरण पठाइएको रुसको स्पुत्निक समाचार संस्थाले जनाएको छ ।

दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेको ३ महिनापछि रुसले भेनेजुएलामा सेना पठाएको हो । गत डिसेम्बर महिनामा रुसले आणविक बम बोक्नसक्ने दुई टुपोलेभ टीयू १६० रणनीतिक बमवर्षक विमान पठाएर भेनेजुएलाको सेनासँग संयुक्त सैन्य अभ्यास गरेको थियो ।

रुस र भेनेजुएलाबीचको सम्बन्ध सुमधुर बन्दै गएजस्तो देखिएका बेला रुसले त्यहाँ सेना पठाएका विषयलाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय अमेरिकाले भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि निकोलस मादुरोको नेतृत्वमा रहेका भेनेजुएला सरकार रुसतर्फ नजिकिँदै गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा मादुरोको सरकारलाई च्युत गर्नका लागि सैनिक कारवाहीको विकल्प पनि खुला रहेको बताउँदै आएका छन् ।

लोकतान्त्रिक व्यवस्थालाई स्थापना गर्न भन्दै त्यहाँ सत्ता परिवर्तनलाई जोड दिइरहेका अमेरिकासहित पश्चिमा मुलुकले भेनेजुएलामाथि नाकाबन्दी लगाइरहेका बेला रुसले भेनेजुएलालाई आर्थिक तथा सैनिक सहयोग गर्दै आएको छ ।

रुसले भेनेजुएलामा सेना र सैनिक उपकरण पठाउनुलाई रुसले दक्षिण अमेरिकामा अमेरिकाको रणनीतिक सीमालाई जाँचिरहेको रुपमा अथ्र्याइएको छ । रुसले भेनेजुएलामा सेना पठाएपछि अमेरिकाले यसबारे चाँडै ठूलोस्तरको रणनीतिक प्रतिक्रिया दिनसक्ने बताइन्छ ।

यसअघि सिरियाली राष्ट्रपति बसर अल असदविरुद्ध सशस्त्र विपक्षीले सत्ता नै परिवर्तन गर्न लागेपछि रुसले आफ्ना सैनिक सिरियामा तैनाथ गरेको थियाे । रुसले विपक्षीविरुद्ध सैन्य कारबाही थालेपछि असदको सत्ता टिकेको थियो । अहिले  पनि भेनेजुएला प्रकरणमा  रुसी सेना पठाइएसँगै विभिन्न अड्कलबाजी शुरु भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : १९ बजे

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र