सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टि


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएका काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्मेन्टमा बस्दै आएका ३ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतको लण्डनबाट नेपाल आइ अपार्टमेन्टमा बस्दै आएका ३ जनामा कोरोना संक्रमणको आशंकामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटीका क्रममा तीनै जनाको एन्टिबडी पोजेटिभ देखिएको थियो ।

एन्टिबडी पोजेटिभ देखिएपछि सोमबार साँझ पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएका उनीहरुको पीसीआर विधिवाट परीक्षण गर्न नमूना लिइएको थियो । जसमध्येका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने अर्का एक जनाको नेगेटिभ रिपोर्ट आएको छ ।

कोरोना भाइरस पोजेटिभ देखिनेमा ८१ वर्षीया महिला र ५८ वर्षीया पुरुष छन् ।

यससँगै नेपालमा कोरोना संक्रमण देखिनेको संख्या १६ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भएर घर गइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म कोरोना पोजेटिभ देखिएकामध्ये सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगन्जको नारायणी अस्पतालमा ४ जना, बाग्लुङको धौलागिरी अस्पतालमा २ जना, काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा २ र ललितपुरको पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १ : ४५ बजे

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत

मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक

प्रकृति र संस्कृतिको संगम बाँकेको ‘गाभर भ्याली होमस्टे’ 

बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे)