लकडाउनको अवधि वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय « Khabarhub

लकडाउनको अवधि वैशाख १५ गतेसम्म बढाउने सरकारको निर्णय


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनलाई वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १५ वैशाखसम्म बढाउने निर्णय गरेको हो ।

नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो ।

पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि थपिएको थियो ।

यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ पुगिसकेको छ ।

नेपालमा पहिलोपटक गत गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए । पहिलो कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् भने अन्य १५ जनाको अहिले उपचार भइरहेको छ ।

कोरोना संक्रमित १५ जनामध्ये ५ जनाको सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ४ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल, २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ३ : ११ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि