भारतसँगको सीमामा थप कडाइ गर्नु पर्‍यो– राप्रपा अध्यक्ष राणा « Khabarhub

भारतसँगको सीमामा थप कडाइ गर्नु पर्‍यो– राप्रपा अध्यक्ष राणा


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले भारतीय सीमानाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम तुरुन्त नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा सुरक्षा अंग थप प्रभावकारी ढंगले परिचालन गरी भारतबाट अनाधिकृत रूपमा नेपाल आउने क्रम अन्त्य गर्नु जरूरी भएको उनले सामाजिक सञ्जाल ट्वीटमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुदूरपश्चिमका कैलालीलगायत सीमावर्ती जिल्लाहरूमा खेतबारी, गोरेटो र जंगलबाट बन्दाबन्दीमै लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी रहेको देखिएको उल्लेख गर्दै अध्यक्ष राणाले ती स्थानमा सख्त निगरानी गर्नुपर्ने बताएका छन् । साथै भारतको दिल्लीस्थित निजामुद्दिनमा सम्पन्न धार्मिक भेलासँग सम्बन्धित कोरोना भाइरसको जोखिमप्रति पनि नेपालले उच्च सतर्कता अपनाउनु पर्ने उनको भनाइ छ ।

कोरोना संक्रमणको संवेदनशीलता र सावधानीलाई ध्यानमा राख्दै यस अवधिमा भारतबाट कति मानिस गाउँघर भित्रिए भन्ने यथार्थ जानकारी राख्नुपर्ने र त्यस्ता व्यक्तिलाई उच्च सतर्कताका साथ क्वारेन्टाइनमा राख्नु पर्ने अध्यक्ष राणको सुझाव छ ।

काठमाडौं आसपासका जिल्लाका किसानले तरकारीको उचित मूल्य नपाएपनि बिचौलीयाका कारण राजधानी भित्रिने तरकारीको भाउ अचाक्ली बढेकोमा उनले सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि किसान र उपभोक्ता दुवैलाई लाभ हुने गरी संकटकालीन ढुवानी व्यवस्था लागू गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : १७ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर