काठमाडौं महानगरद्वारा ४२ हजार बढीलाई राहत वितरण  | Khabarhub Khabarhub

काठमाडौं महानगरद्वारा ४२ हजार बढीलाई राहत वितरण 


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले मापदण्ड नै बनाएर राहत वितरणको कार्यलाई तीव्रता दिँदै आएको छ ।

महानगरले वैशाख १ गतेसम्म  ४२ हजार बढीलाई राहत वितरण गरेको जनाएको छ । महानगरले वैशाख १ सम्म ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरेको जनाएको हो ।

कामपाले एकद्धार प्रणाली बाट राहत वितरण गरेका कारण अन्यले पनि राहत दिदाँ सम्वन्धित वडासँग समन्वय गरेर मात्रै बाँड्न सक्ने जनाएको छ । यो तथ्याङ्कलाई हेर्दा कामपाले आफ्नै स्रोतबाट २९ हजार १ सय ७ जनालाई राहत वितरण गरेको छ भने १३ हजार ५ सय ३० अन्य स्रोतबाट राहत वितरण भएको छ ।

अभिभावक नभएका, आयश्रोत नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई  महानगरले राहत वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ४५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न