उदयपुरको एक मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा « Khabarhub

उदयपुरको एक मस्जिदमा १२ जना भारतीय लुकेर बसेको खुलासा


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली लुकेर बसेको खुलेको छ ।

सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यसयता भुल्केमा आएर लुकेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।

त्यसपछि उनीहरू लकडाउन अघिनै भुल्केस्थित मस्जिदमा आएर लुकेर बसेको प्रशासनले दावी गरे पनि स्थानीयवासीले भने लकडाउनकै समयमा उनीहरु आएको बताएका छन् ।

मस्जिदमा उनीहरूसँगै चार नेपालीसमेत  छन । दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिममा कोरोना संक्रमण देखिएपछि अनुगमन गर्दा उनीहरु फेला परेका थिए ।

त्यसलगत्तै उनीहरुको र्‍यापीड टेष्ट किटबाट कोरोना भाइरसको परीक्षण गरिएको छ । परीक्षणका क्रममा पोजेटिभ नदेखिए पनि उनीहरुलाई अझै निगरानीमा राखिने प्रजिअ पहाडीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ०३ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी