सनसिटी अपार्टमेन्टमा बसेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड टेष्ट गरिने « Khabarhub

सनसिटी अपार्टमेन्टमा बसेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड टेष्ट गरिने


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सनसिटी अपार्टमेन्टमा बुधबार बिहानदेखि र्‍यापिड टेष्ट गरिने भएको छ ।

उक्त भवनमा करिब पाँच सय परिवारका १५ सय बढी नागरिक रहेका जनाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त क्षेत्रमा र्‍यापिड टेष्टका लागि स्वास्थ्य मन्त्रालयले काम थालिसकेको बताए पनि बुधबारबाट मात्र काम शुरु हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयले खटाएको टोली मंगलबार बेलुकासम्म पनि सनसिटी क्षेत्रमा पुगेको छैन ।

कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाले स्वास्थ्यको टोलीले भोलि बिहान ९ बजेदेखि त्यहाँ काम शुरु गर्ने बताए ।

बेलायतबाट आएको एक परिवारमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि उक्त भवन सोमबारदेखि नै सिल गरिएको छ ।

तीन जनाको परिवारमा कोरोना पोजेटिभ देखिए पनि पीसीआर विधिबाट दुईजनामा कोरोना पुष्टि भएको हो । त्यहाँ रहेका दुईजनामा कोरोना संक्रमण देखिएपछि अहिले उक्त भवनमा रहेकाहरुमा त्रास फैलिएको छ ।

उनीहरुले तत्कालै भवनभरि रहेका सबैको परीक्षण हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ३५ बजे

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि

सन्तानको चाहना, दाम्पत्य जीवनको संघर्ष र हाँसो-ठट्टा : यस्तो छ ‘छ माया छपक्कै २’ को ट्रेलर

काठमाडौं- नेपाली फिल्म ‘छ माया छपक्कै २’ ले दर्शकमाझ हाँसो

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको