सनसिटी अपार्टमेन्टमा बसेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड टेष्ट गरिने « Khabarhub

सनसिटी अपार्टमेन्टमा बसेकाहरुको बुधबार बिहानदेखि र्‍यापिड टेष्ट गरिने


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सनसिटी अपार्टमेन्टमा बुधबार बिहानदेखि र्‍यापिड टेष्ट गरिने भएको छ ।

उक्त भवनमा करिब पाँच सय परिवारका १५ सय बढी नागरिक रहेका जनाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त क्षेत्रमा र्‍यापिड टेष्टका लागि स्वास्थ्य मन्त्रालयले काम थालिसकेको बताए पनि बुधबारबाट मात्र काम शुरु हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयले खटाएको टोली मंगलबार बेलुकासम्म पनि सनसिटी क्षेत्रमा पुगेको छैन ।

कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाले स्वास्थ्यको टोलीले भोलि बिहान ९ बजेदेखि त्यहाँ काम शुरु गर्ने बताए ।

बेलायतबाट आएको एक परिवारमा गरिएको र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि उक्त भवन सोमबारदेखि नै सिल गरिएको छ ।

तीन जनाको परिवारमा कोरोना पोजेटिभ देखिए पनि पीसीआर विधिबाट दुईजनामा कोरोना पुष्टि भएको हो । त्यहाँ रहेका दुईजनामा कोरोना संक्रमण देखिएपछि अहिले उक्त भवनमा रहेकाहरुमा त्रास फैलिएको छ ।

उनीहरुले तत्कालै भवनभरि रहेका सबैको परीक्षण हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  १० : ३५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना