अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ३४९ जनाको मृत्यु « Khabarhub

अमेरिकामा कोरोनाभाइरसले एकै दिन २ हजार ३४९ जनाको मृत्यु


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ३४९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २५ हजार ९८९ पुगेको छ ।

अमेरिकामा एकैदिन २५ हजार ३ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १२ हजार ३ सय बढी पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३८ जार ७२१ जना उपचारपछि निको भएका छन् । १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४७ हजार ६१० जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख २६ हजार ५३७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १९ लाख ९५ हजार ९४७ रहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ५६ बजे

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी